Rule 108
कोषको सञ्चालन
(१) ऐनको दफा ४५ बमोजिमको वन विकास कोष विभागमा रहनेछ।

(२) कोषको बैङ्क खाता महानिर्देशक र विभागको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।

(३) कोषको आय-व्यय सम्बन्धी वार्षिक विवरण सार्वजनिक गर्नु पर्नेछ।

(४) यस नियम बमोजिमकोषमा रहेको रकमको हिसाब राख्दा ऐनको दफा ४२ को उपदफा (५) बमोजिम प्राप्त रकम, कार्बन व्यापारबाट प्राप्त रकम तथा अन्य स्रोतबाट प्राप्त रकमको अलग अलग हिसाब राख्नु पर्नेछ ।